Logo

मुख्यमन्त्री जम्कट्टेलले डाकेको सर्वदलीय बैठक सुरू, सभामुख पाठक पनि सहभागी



काठमाडौं,१७ मंसिर । बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफल गर्न डाकिएको सर्वदलीय बैठक सुरु भएको छ । मुख्यमन्त्री शालीकराम जम्कट्टेलको आह्वानमा बसेको बैठकमा सभामुख भूवनकुमार पाठकपनि सहभागी भएका छन् ।

बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने बताइएको छ । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

बागमतीमा बजेट सार्वजनिक भएदेखिनै सत्तापक्ष र प्रतिपक्षीबीच टसल जारी रहेको छ । बजेट पारित गर्न हम्मेहम्मे परेका मुख्यमन्त्री जम्कट्टेलले प्रतिपक्षी दलहरु एमाले र राप्रपालाई सहमत गराउने प्रयाश गरेका थिए ।

आफ्ना सांसदहरुले पेश गरेका योजना पनि बजेटमा समेट्ने प्रतिवद्धता जनाएपछि बजेट पाश गराउन एमाले र राप्रपाले सहयोग गरेका थिए । तर, अहिले आएर मुख्यमन्त्रीले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको एमाले राप्रपाको आरोप रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot