Logo

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता



काठमाडौं,१७ मंसिर । संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच भेट भएको छ। यूएईमा जारी कोप–२८ अन्तर्गत ‘सबैका लागि प्रारम्भिक चेतावनीँ सम्बन्धी छलफलमा उनीहरूबीच भेट भएको हो।

संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले आयोजना गरेको सो छलफलमा प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित राष्ट्र (एलडीसी) का अध्यक्षको रुपमा सहभागी भएका थिए।

यसअघि महासचिव गुटेरेस गत कार्तिक १२ गते ४ दिने औपचारिक भ्रमणका लागि नेपालसमेत आएका थिए । राष्ट्रसंघको ७८औं महासभामा भाग लिन जानेक्रममा प्रधानमन्त्री प्रचण्डले निमन्त्रणा गरेपछि गुटेरेस नेपाल आएका हुन् । नेपाल आउने उनी राष्ट्रसंघका छैठौं महासचिवसमेत हुने । यसअघि राष्ट्रसंघका ५ जना पूर्व महासचिवहरुले नेपालको भ्रमण गरेका थिए ।

नेपाल भ्रमणका क्रममा गुटेरेसले संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुका साथै, अन्नपूर्ण बेस क्याम्प, सगरमाथा आधारसिविर, पोखरा र लुम्बिनीको भ्रमण गरेका थिए ।

प्रधानन्त्री प्रचण्डको निमन्त्रणमा नेपाल आएका उनले प्रधानमन्त्री प्रचण्डसहित राष्ट्रपति राचन्द्र पौडेल, पूर्व प्रधानमन्त्रीद्धय शेरबहादुर देउवा र केपी शर्मा ओली तथा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनिासँग भेटवार्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्