Logo

वाह् त्यो दिन !



युवराज कोइराला

म र उनी हामी भएको दिन
कसैले घुम्टोबाट चिहाएर मलाई हेरेको दिन ।

म दौरामा अनि उनी सारीमा सजिएको दिन
मंसिर महिनाको हाम्रो प्रणयको त्यो दिन ।

सम्झँदा पनि लाज लाग्ने त्यो छिन
लजाउँदै उनी मेरो छेउमा बसेको त्यो दिन ।

मलाई पनि कता÷कता काउकुती लागेको दिन
छुट्टै अनि अर्कै संसारमा रमाएको त्यो दिन ।

मनमा नानाभाँती कुराहरू खेलाएको दिन
रमाउँदै जग्गेमा सात फन्का मारेको त्यो दिन ।

बर्षाैं बित्दा पनि याद आउँछ त्यो दिन
म बेहुला अनि उनी बेहुली भएको त्यो दिन ।

हाल : कागेश्वरी मनोहरा–६ काठमाडौं



प्रतिक्रिया दिनुहोस्