Logo

देशमा ढोँगी, दलालहरुको जगजगी छ : सर्वेन्द्र खनाल



काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले देशमा ढोँगी, दलालहरुको जगजगी रहेको बताएका छन् । गत शनिबार प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

पूर्व महानिरीक्षक खनालले भने,‘देशमा अहिले भ्रष्टाचारीको संरक्षण भैरहेको छ, सुरक्षाकर्मीको अपमान भैरहेको छ, कालाधन आर्जन गर्नेको बोलवाला बढीरहेको छ, देश चलाउनेहरुले आ–आफ्नै स्वार्थ पूर्ति गनुर््बाहेक अरु केही गरेनन्् ।’ उनले अगाडि थपे,‘रातदिन, झरी, बादल, चाडपर्व, घरपरिवार नभनी जनताको जिउ, धनको सुरक्षामा खटिने सुरक्षाकमी जहिले पनि उपेक्षामा पर्ने, अपहेलित हुनुपर्ने अनि अनपढ, गवार नेताहरु जहिले पनि सत्तामा बसेर मोजमस्ती गरिरहने ?’ भनेर प्रश्न गर्दै सम्झदा पनि कहाली लगेर आउने बताए ।

कोरोनाको बेला देशमा भएको अस्तव्यस्तता देखेर आफूले ३० वर्ष नागरिकको जीउधनको सुरक्षा गरेको अनुभव उपयोग गर्दै सहयोगीहरुसँग अनुरोध गरेर १५/२० वटा एम्वुलेन्स जम्मा गरी छोरीको सहयोग लिई डाक्टरसहितको सेवा प्रदान गरेको स्मरण गर्दै पूर्व आइजीपी खनालले भने,‘मेरो के स्वार्थ थियो र त्यस्तो खतराको अवस्थामा पनि नागरिकको सेवा गर्ने ?’

सुरक्षाकर्मीको राशनमा ठेकेदारले गर्ने चरम दुरुपयोगलाई ठिक ठाउँमा ल्याउन आफूले ठूलै संघर्ष गर्नु गरेको स्मरण गर्दे खनालले आफूले ३० वर्ष प्रहरीबाट गरेको योगदानको कदर गरेर जनताले त्यसको मूल्यांकन गर्लान भन्ने सोचेको तर त्यस्तो हुन नसकेको तितो अनुभव सुनाए ।

नेपाल र नेपालीको हितमा के गर्न सकिन्छ भनेर हमेशा लागेको र कतिपय विदेशीहरुसँगको भेटमा देश र नेपालीको भलोको बारेमा कुरा उठाएको स्मरण गर्दै खनालले भने ‘धेरै पटक प्रधानमन्त्री, मन्त्री, सांसदहरुसँग देश र नागरिकको जीवनस्तर उठाउने कुरा उठाएको छु, उनीहरुले एउटा कानले सुनेर अर्को कानले उडाइदिएँ ।’ नेता, प्रधानमन्त्री, मन्त्री बोल्न त धेरै बोल्नुहुन्छ तर काम गर्नु हुृन्न भन्दै उहाँँँले भन्नुभयो ‘टे्वुलमा बसेर थोरै समय काम गर्ने निजामति कर्मचारीलाई सतप्रतिशत भत्ता दिन तयार हुन्छन् तर रातदिन नभनी घर परिवार त्यागेका सुरक्षाकर्मीलाई १० प्रतिशत भत्ता दिन मान्दैनन् ।’

तँ आईजीपी हुँदा के गरिस् भनेर प्रश्न गर्नुहोला, पदमा बसेपछि केहि लिमिटेशनहरु हुन्छन्, त्यसको पालना गनर््ु त्यो पदको दायित्व हुन्छ भन्दै खनालले भन्नुभयो ‘तैपनि ललिता निवास काण्डको अनुसन्धान, म्याच फिक्सिङको छानविन, काठमाडौंका गुण्डा नियन्त्रण, जनकपुरका सशस्त्र हतियारधारीबाट भएको चन्दा आतंक जस्ता घटनालाई कसैको दबाब नसुनी काम गरेको हुँ ।’ तिनै घटनामा संलग्नहरु र तिनका आफन्तहरु मेरो पछाडि हात धोएर लागेका छन्, उनीहरु कहिले कुन घटनामा संलग्न भनेर आरोप लगाउने गर्छन् त कहिले कुन काण्डमा भनेर सामाजिक सञ्जालमा मेरो बदनाम गर्नमा तल्लिन छन् भन्दै खनाले भन्नु्भयो ‘म पदमा रहँदा वा अवकाश पाएपछि पनि देश र जनताको हित विपरित गैरकानुनी कार्यमा लागेको छैन, भ्रम छर्ने काम थुप्रै भएका छन्, यदि भएमा कारवाही गरेर देखाउन चुनौति दिन चाहन्छु ।’

देश र जताको हितमा केही गरौं भनेर योजना लिएर नेतालाई भेटन खोज्दा भेट नदिने, गवाँर पिएसँग समय लिन बारम्वार फोन गर्दा पनि नदिने, भेट्न जाँदा घण्टौँ पर्खनुपर्ने तिता अनुभव सुनाउँदै पूर्व महानिरीक्षक खनालले देशमा प्रधानमन्त्री भैसकेकाहरुको नालायकीपनको पराकाष्ठ नाघेको बताए ।

संसारका स–साना देशले पनि विकास गरेर कहाँ पुगिसके तर हाम्रा देश बनाउन भनेर आएकाहरुको अवस्था देख्दा दिक्क लागेको भन्दै अब पूर्व सुरक्षाकर्मी देश र जनताको लागि अगाडि बढ्नु पर्ने उहाँको धारणा थियो । यदि तपाईहरु राम्रो कामको लागि केहि गर्नुहुन्छ भने मेरो हमेशा साथ रहनेछ भन्दैै खनालले भने,‘नेतृत्वबाट भएको अक्षमता अव टुलुटुलु हेरेर बस्नु हुँदैन, राजनीतिक बागडोर सम्हाल्न पछाडि हट्नु हुँदैन ।’ नेपालमा राम्रा मान्छ्े धेरै छन्, वदमासको जालो तोड्न सकिन्छ भन्दै पूर्व आईजीपीले भने ‘देशको शान, मान कायम गर्ने सुरक्षाकर्मीले नै हो र म सधैँ तपाईहरुको साथमा छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot