Logo

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन दिने



काठमाडौं, १७ मंसिर । नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुद्ध विमानस्थलबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन रकम दिने तयारी भएको बताएका छन् ।

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा लुम्बिनीका पर्यटन व्यवसायीसँग भएको छलफलको क्रममा मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी गृहकार्य भइरहेको पनि बताए । सो अवसरमा लुम्बिनीका पर्यटन व्यवसायीहरुले भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको लागि माग गरेका थिए ।

अहिले काठमाडौं बाहिर रहेका दुईवटै अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । पोखरा विमानस्थल निर्माणको लागि चीनसँग ठूलो परिमाणमा ऋण लिईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्