Logo

वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा.श्रवण कुमार थापालाई



काठमाडौं,१७ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले डा सन्तोष पौडेललाई गत शुक्रबार पदीय जिम्मेवारी नहरने गरी मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएपछि रित्त रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को निर्देशकमा डा। श्रवण कुमार थापाले जिम्मेवारी पाएका छन् ।

अस्पतालका सहायक निर्देशक थापालाई अर्को व्यवस्था नहुनजेल सम्म निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।

मन्त्री बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी थापालाई निमित्त निर्देशक जिम्मेवारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले तत्कालिन निर्देशक डा। सन्तोष पौडेललाई गत शुक्रबार एमालेमा क्रियाशिल रहेको दाबी गर्दै जिम्मेवारी खोसेका थिए ।

डा पौडेल नेकपा एमालेमा क्रियाशील रहेको भन्दै कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी परेको थियो । आयोगले उक्त उजुरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउँदै आवश्यक कारबाही गर्न भनेको थियो । लगत्तै स्वास्थयमन्त्रीले डा। पौडेललाई मन्त्रालय तानेका थिए ।



प्रतिक्रिया दिनुहोस्