Logo

सिमरा विमानस्थलमा हवाई इन्धन डिपो



काठमाडौं, मंसिर १८ । नेपाल आयल निगमले सिमरा विमानस्थलमा हवाई इन्धन डिपो सञ्चालनमा ल्याएको छ । हवाईजहाजमा इन्धन भर्ने स्टेशनको समुद्घघाटन आईतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले हवाइजहाजलाई इन्धन भर्ने ट्रयाकरको रिबन काटेर तथा भवनको शिलन्यास गरेका छन् ।

इन्धन डिपो राख्न आयल निगम र सिमरा विमानस्थल कार्यालयबिच कार्तिक १३ मा सम्झौता भएको थियो । काठमाण्डौं अन्तर्राष्ट्रिय विमानस्थलबाट छोटो दुरीमा रहेको दिवा तथा रात्रिकालीन सुविधा सम्पन्न विमानस्थल भएका कारण हवाई इन्धन डिपो नहुदा समस्या हुदै आएको थियो । अब सिमरा विमानस्थलमा अवतरण गर्ने जहाजले इन्धन भर्न सक्नेछन ।

डिपो स्थापना गर्नका लागि नागरिक उड्यन प्राधिकरण सिमराले पाँच कठ्ठा जमिन उपलब्ध गराएको छ । मन्त्री रिजालले इन्धन भण्डारण डिपोको शिलन्यास समेत गरेका छन्।

सिमरा विमानस्थलमा हवाई इन्धन भर्ने डिपो नहुँदा मौसम र एयर ट्राफिकका कारण काठमाडौंमा अवतरण गर्न नसकेका जहाज भैरहवा र विराटनगर डाइभर्ट हुँदै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot