Logo

वडाध्यक्षलाई घरभित्र थुनेर बाहिरबाट आगजनी



काठमाडौं, मंसिर १८ । धनकुटामा वडाध्यक्षलाई घरभित्र थुनेर घर बाहिरबाट अज्ञात समुहले आगजनी गरेका छन् । पाख्रिबास नगरपालिका–६ का वडाध्यक्ष देबेन्द्र गुरागाईको घरमा शनिबार राति आगजनी गरिएको हो ।

अध्यक्ष गुरागाई राति सुत्न माथिल्लो तला गएपछि भुई तला जाने ढिकमा मुनिबाट ताला लगाई तल्लो तलामा रहेको लुगा जम्मा गरेर आगो लगाइदिएको बुझिएको छ ।

कपडा डढेको गन्ध आएपछि उठेर गुरागाईले हेर्दा बाहिरबाट चाबी लगाएको देखे र छिमेकीलाई बोलाएर खोल्न लगाए । लुगा एकै स्थानमा जम्मा पारेर आगो लगाइएको र नजिकै ग्याँसको सिलिन्डर राखेको पाइएको उनको भनाइ छ ।

गुरागाईको घरमा कसले आगो लगायो भन्ने कुराको पहिचान भने सकेको छैन् । आगलागीबाट कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot