Logo

सुनको मूल्य अहिलेसम्मकै उच्च



काठमाडौं, मंसिर १८ । नेपाली बजारमा आजपनि सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको छ ।

आज छापावाला सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । त्यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot