Logo

नेपाल सुपर लिगमा आज- साविक विजेता काठमाडौंविरुद्ध नवप्रवेशी झापा भिड्ने



काठमाडौं,१८ मंसिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा सोमबार काठमाडौं र झापा भिड्दैछन् ।

सावित विजेता रेर्जसले नवप्रवेशी झापा एफसीसँग भिड्न लागेको हो । आजको खेल दुबै टिमको तेस्रो खेल हो । यसअघि खेलेका दुई खेलमध्ये एकमा मा जित र एकमा बराबरी गरेको काठमाडौंको अंक तालिकाको चौथो स्थानमा रहेको छ । भने झापाले हालसम्म कुनैपनि खेलमा जित हात पारेको छैन् ।

काठमाडौंले आज झापालाई हराउँदै शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्नु मुख्य लक्ष्य रहँदा झापा पनि पहिलो जितको खोजीमा मैदान उत्रिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot