Logo

राजकिशोर यादवलाई ऋषि धमलाको प्रश्न : एनसेल कौडीको भाउमा विक्रि हुँदा तपाईँको पार्टी किन चुप लागेर बसेको छ ? (भिडिओसहित)



काठमाडौं, १८ मंसिर । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता, पूर्व सञ्चारमन्त्री तथा सांसद राजकिशोर यादवले एनसेल विक्रि प्रकरण एक प्रकारले राष्ट्रघात भएको टिप्पणी गरेका छन् ।

उनले भने,‘एनसेल विक्रि प्रकरणको विषय गम्भीर हो । यो विक्रि प्रकरण मलाई लाग्छ यो एक प्रकारको राष्ट्रघात हो । यो देशसँग ठूलो बेईमानी भएको छ । अब यसलाई सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले कसरी हेरेको छ ? त्यो हेर्नुपर्ने विषय हो । अर्को चाहीँ, अर्थ मन्त्रालयले करसम्बन्धीको विषय हो, त्यो हेर्नुपर्छ । लेखा समितिले योबारेमा अनुसन्धान सुरु गरिसकेको स्थिति छ । सबैको काम बाँर्डिको हुन्छ ।’

हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । एनसेल खरिद–विक्रीमा बेइमानी भएको भए छानबिन गरेर दोषी पाईए कारबाही गर्नुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot