Logo

नेपालमा “बेलाको” २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम



काठमाडौं, १८ मंसिर । सोरुमको उद्घाटन कांग्रेसका नेता विमलेन्द्र निधिले रिबन काटेर गरे । बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेसमा विक्री वितरण सुरु भएको बेलाको होम अप्लायन्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अब्दुल बासिदले जानकारी दिए ।

होम अप्लायन्सेसले जनकपुरमा नयाँ शाखा विस्तार गरेर मधेसका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालनी गरेको उनको भनाइ छ । ‘आज हामीले नयाँ शाखा उद्घाटन मात्र गरेका छैनौँ, मधेसका बासिन्दाहरुसँग जोडिन गइरहेका छौँ’, उनले भने, ‘समुदायहरूलाई जोड्ने पुलको काम बेलाको ब्राण्डले गर्दैछ । तपाईंहरुको ढोकाढोकामा पुगिरहेका छौँ ।’

सिईओ बसिदले बेलाको होम अप्लायन्सेस एउटा ब्रान्ड मात्र नभएर एउटा सबैको मनमुटुमा बस्ने प्रोडक्ट भएको दावी गरे । ‘बेलाको ब्राण्ड प्रयोग गर्ने हरेक परिवारका सदस्यले हाम्रा सामाग्रीमा उत्कृष्टता, गुणस्तर र नवीनताको अनुभूति गर्ने छन् । सही सामग्री खरिद गरेकोमा उहाँहरूलाई गौरवानुभूति हुने छ,’ उनले भने ।

जनकपुरमा पाइला चाल्दा आफूहरू विश्वसनीयताको विरासत र भविष्यको लागि एउटा भिजन बोकेर आएको उनले बताए । देशमा केही गर्नैपर्छ भन्ने हुटहुटीलाई आफ्नो मातापिताले हौसला दिँदा आफू गृहनगरमै बेलाको दोस्रो सोरुम स्थापना गर्न सफल भएको उनले बताए ।

उनले बेला ब्राण्डको निकट भविष्यमा नेपालमा उत्पादन गर्नेसम्मको तयारी आफूले गरेको भन्दै आफू ब्राण्ड प्रोमोसनमा मात्रै नेपाल आएको नभई युवाहरुलाई हौसता दिन पनि आएको बताए । नेपालमा लगानीको वातावरण नभएपनि देशभित्रै केही गर्न सकिन्छ भन्ने सन्देश युवाहरुलाई प्रवाह गर्न चाहेको उनको भनाइ छ । उनले नेपालमा विदेशी लगानी भित्र्याउन अझै पनि समस्या रहेको धारणा राख्दै यसमा सुधारको जरुरी रहेको धारणा समेत राखे ।

यस्तै कार्यक्रममा गैरआवासीय नेपाली संघको युरोप संयोजक चिन्तामणि सापकोटाले जस्तो सुकै परिस्थितिमा पनि एनआरएनएले देशको हितमा मात्रै सोच्ने धारणा राख्दै सोहीअनुसार लगानी पनि भित्र्याइरहेको धारणा राखे । नेपालमा ढुंगामुढा गर्ने राजनीतिक दलले भन्दा विदेशमा भाँडा माझ्ने गैरआवासीय नेपालीलाई देशका माया हुने पनि उनले धारणा राखे । सो क्रममा अब्दुल वासिदको नेपालमा लगानी आम युवाहरुलाई एक शिक्षा भएको धारणा राखे ।

कार्यक्रममा कांग्रेस नेता निधिले नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई आग्रह गरे । उनले बासिदले गरेको लगानी नेपालमा उदाहरणीय भएको धारणा राख्दै नेपालमा रोजगारीको सिर्जना गर्दै आर्थिक समृद्धिमा लाग्नुपर्नेमा धारणा राखे ।

बेलाकोका कन्ट्री हेड लक्ष्मण सापकोटाले बेलाको ब्राण्डमा ४३ थरीका सामानहरु उपलब्ध रहेको बताए । उनले सामग्री टिकाउ र भरपर्दो रहेको भन्दै ढुक्क भएर खरिद गर्न आग्रह गरे । बासिदले नेपालमा करिब २५ करोडको लगानी बेलाकोमा गरेको बताइएको छ । उनको कम्पनीमा करिब ४५० कार्यरत रहेका छन् ।

बेलाको ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत र कतारमा निकै लोकप्रिय छन् । दुई मुलुकको लोकप्रियताले हौसिएर आफ्नै देशमा बेलाका उपकरणहरु उपलब्ध गराउन थालेको प्रमुख कार्यकारी अधिकृत बासिदले बताए । बेलाको टेलिभिजन, रेफ्रिजेरेटर, एयर कन्डिसनर, पेष्ट फ्रिजर, गिजर, हिटरलगायतका घरायसी प्रयागका सामग्री उत्पादन गर्दै आएको छ । बेलाको ब्राण्ड प्रवर्धनका लागि ब्राण्ड एम्बसहरमा प्रदीप खड्का रहेकाको अध्यक्ष हाजी मोहम्मद इस्राइलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot