Logo

सरकारले गुण्डाहरुलाई संरक्षण गरेको देखेर निराशा बढेको ओलीको दाबी, ०८४ मा एमालेको बहुमत नआए देश बर्बाद हुने टिप्पणी



काठमाडौं, १८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको कारण मुलुक दिनानुदिन अप्ठ्यारो अवस्थामा पुगेको आरोपल गाएका छन् । उनले अहिलेको सरकारको कारण देशको अर्थतन्त्र पनि ओरालो लागेको टिप्पणी गरे । पार्टीको अभियान लिएर निस्किएका ओलीले आज (सोमबार) सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले अहिलेको सरकारले गुण्डाहरुलाई संरक्षण गरेको देखेर निराशा बढेको पनि आरोप लगाए ।

सरकारविरुद्ध आक्रामक सुनिएका ओलीले आगामी निर्वाचनमा एमालेको एकल बहुमत नआए देश नै बर्बाद हुने पनि दाबी गरे । सम्बोधनको क्रमा उनले भने,‘एमालेले बहुमत ल्याएन भने देश वर्वाद हुन्छ, अस्तित्व जोगाउन गाह्रो हुन्छ । हामीले देशको अस्तित्व, स्वाभीमान र समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि एमालेको एकल बहुमतको सरकार चाहिन्छ । मिसन २०८४ हामीले अगाडि बढाइरहेका छौं । कतिले अहिले हतार ग¥या भनिरहेका छन् । २०८४ मा चुनाव हुन्छ भनेर सबैले थाहा पाएका छन् ।’



प्रतिक्रिया दिनुहोस्