Logo

भगवान कोइरालाको कार्यकाल सकिएपछि मेडिकल काउन्सिलको अध्यक्षमा डा. भुसाल नियुक्त



काठमाडौं,१८ मंसिर । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.चोपलाल भुसाल नियुक्त भएका छन् । मंसिर १३ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार भुसाललाई ४ वर्षको लागि अध्यक्षमा नियुक्त गरिएको हो । यसअघिका अध्यक्ष डा भगवान कोइरालाको कार्यकाल सकिएपछि अध्यक्ष पद रिक्त रहेको थियो ।

भुसाल नेपाली कांग्रेसकी नेतृ,पूर्व सचेतक तथा पूर्व उपसभामुख डा पुष्पा भुसाल गौतमका श्रीमान हुन् ।

नाक कान घाँटी रोगका विशेषज्ञ समेत रहेका डा.भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशको राजदूत बनाएको थियो । उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्ष समेत भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot