Logo

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री प्रचण्ड आक्रोशित



काठमाडौं, १८ मंसिर । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट भएका छन् । उनले विप्लवसहितका नेकपाका शीर्ष नेताहरुलाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरे । सिंहदरबारमा आज (सोमबार) सम्पादकहरुसँगको अन्तरक्रियाको क्रममा उनले विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा असन्तुष्टि पोखेका हुन् ।

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोप्रति प्रधानमन्त्री दाहालले भने,‘जे भयो गलत भयो । सरकारले विप्लवहरुसँग सम्झौता गरिसकेको छ । सहमति गरेर उनीहरु शान्ति प्रक्रियामा आइसकेका छन् । शान्तिपूर्ण राजनीतिमै भएको हुनाले उनीहरुलाई फेरि फर्काएर अप्ठ्यारो पार्न हुँदैन । सबै बुझेर थप कुरा पछि आउँछ ।’

विप्लवसहित नेकपाका नेताहरु खड्गबहादुर विश्वकर्मा, माईला लामा र राजु कार्कीविरुद्ध काठमाडौं जिल्ला अदालतले यही मंसिर १० गते ३५ दिने म्यादसहितको पक्राउ पुर्जी जारी गरेको छ । तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्