Logo

आजपाले बैंकिङ लुटको विरुद्धमा यही मंसिर २० गते जनकपुरमा बृहत्त प्रदर्शन गर्ने



काठमाडौं, १८ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले बैंकिङ लुटको विरुद्धमा बृहत्त प्रदर्शन गर्ने भएको छ । आजपाको मधेश प्रदेशको आज (सोमबार) जनकपुरमा बसेको बैठकले आगामी मंसिर २० गते बैंकिङ लुटको विरुद्धमा बृहत्त प्रदर्शन गर्ने निर्णय गरेको हो ।

मधेश प्रदेशको राजधानी जनकपुरस्थित नेपाल बार एशोसिएशनको सभाहलमा बसेको बैठकले नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता, लघुबित्त र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा दिलाउन यही मंसिर २० गते जनकपुरमा बृहत पर्दशन गर्ने निर्णय गरेको अध्यक्ष साहले जानकारी दिए ।

आजपाको यसअघि हालै काठमाडौंमा सम्पन्न स्थायी कमिटी बैठकले व्यवस्था खारेजी गर्नुपर्ने निर्णय लिएको थियो । यस्तै, नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिनेहरुको खोजी खोजी सम्पत्ति कब्जा गरेर सरकारलाई बुझाउने, भ्रष्टाचारीहरुलाई ठाउँको ठाउँ कारबाही गर्ने र गौर हत्याकाण्डका मुख्य दोषीलाई समातेर राज्यलाई बुझाउने, आरती साहका हत्यारालाई पनि पक्राउ गरी सरकारलाई बुझाउनेलगायतका महत्वपूर्ण निर्णय लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्