काठमाडौं,१८ मंसिर । सर्वोच्च अदालतको न्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिसमा परेका ६ जनामध्ये तीन जनाविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी परेका छन् ।
संसदीय सुनुवाइ विशेष समितिले दिएको १० दिनको समयमा उक्त उजूरी दर्ता भएको हो ।
मंसिर ४ गते बसेको न्याय परिषदद्को बैठकले सर्वोच्चको न्यायाधीशमा उच्च अदालतका न्यायाधीशहरु टेकप्रासद ढुंगाना, सारंगा सुवेदी, महेश शर्मा पौडेल, अब्दुल अजिम मुसलमान र कानून व्यवसायीका तर्फबाट सुनिल पोखरेल र बालकृष्ण दाहाल न्यायाधीशका लागि सिफारिसमा परेका थिए ।
न्यायाधीशमा सिफारिस ६ जना मध्ये सारंगा सुवेदीविरुद्ध ५, टेकप्रसाद ढुंगानाविरुद्ध ३ र अब्दुल मुसलमानविरुद्ध एउटा उजुरी दर्ता भएको हो । सारंगाविरुद्ध माइतीघरमा आन्दोलनरत आरती साहका बावु-आमाले पनि उजुरी हालेका छन् ।
गत वर्षको जेठ ७ गते आफ्नै घरमा मृत फेला परेकी धनुषाकी आरती साहको हत्या भएको भन्दै माईतीपक्षले आरतीक श्रीमान र ससुराविरुद्ध आत्महत्या दूरुत्साहनको मुद्दा दायर गरेका थिए । तर, उच्च अदालत जनकपुरका तत्कालीन न्यायाधीशहरु सारंगा सुवेदी र किरण पोखरेलको संयुक्त इजलासले प्रमाण नुगेको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएका थिए ।
संसदीय सुनुवाइ समितिमा पौडेल, पोखरेल र ढकालविरुद्ध भने कुनैपनि उजुरी परेका छैनन् । अब संस्दीय सुवुवाइ समितिले उजुरीकर्ता र सिफारिसमा परेका न्यायाधीशलाई समितिको बैठकमा बोलाएर सुनुवाइ गर्नेछ । सुनुवाइ समितिबाट अनुमोदन भएमा राष्ट्रपतिले उनीहरुलाई न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।