Logo

एकीकृत समाजवादीको महाधिवेशन सर्ने निश्चित



काठमाडौं,१८ मंसिर । नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशन तोकिएको समयमा नहुने पक्का भएको छ ।

सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा आगामी १०औं राष्ट्रिय महाधिवेशन सार्ने सहमति भएको हो । यद्यपि नयाँ मिति भने घोषणा भएको छैन ।

पार्टी मूख्यालय आलोकनगरमा आज बसेको बैठकमा नेताहरुबीच आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि समय लाग्ने भएको कारण महाधिवेशन सार्ने विषयमा अनौपचारिक रुपमा सहमति जुटेको बताईएको छ ।

आजको बैठकले आगामी १०औं राष्ट्रिय महाधिवेशनको मिति टुंगो लगाउने भनिएपनि कुनै निष्कर्षमा पुगिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार पार्टीको महाधिवेशन सार्न सम्मानित नेता झलनाथ खनाल पक्षपनि तयार रहेको छ । त्यसका लागि भोलि ११ बजेपनि सचिवालय बैठक बोलाईएको छ । भोलि बस्ने बैठकले नयाँ मिति तय गर्नेछ ।

यसअघि एकीकृत समाजवादीेले आगामी माघ १४ देखि १८ गतेसम्म काठमाडौंमा १०औं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो । तर, उक्त समयमा राष्ट्रिय सभाको निर्वाचन परेपछि समय अभावका कारण भन्दै महाधिवेशन सार्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot