Logo

एनसेलले कर छलेको भन्दै सडकमा उत्रियो अनेरास्ववियु, कार्यालय लैनचौरमा प्रदर्शन (तस्विरहरू)



काठमाडौं,१९ मंसिर । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले आज एनसेल कार्यालय लैनचौर अगाडि विरोध प्रदर्शन गरेको छ ।

एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले कर छली प्रकरणको छानबिन माग गरिएको प्लेकार्ड बोकेका थिए ।

एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड बोकेका छन् ।

तस्बिरहरु- समिक बडालको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्