Logo

विप्लवलाई पक्राउ पूर्जी जारी गरेको विरोधमा नेकपाले आज मशाल जुलुस निकाल्ने



काठमाडौं,१९ मंसिर । महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका ४ नेतालाई अदालतले पक्राउ पूर्जी जारी गरेपछि आन्दोलनमा उत्रिने घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौंमा मशाल जुलुस निकाल्ने भएको छ ।

नेकपाका महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै अदालतले गरेको गैरकानूनी, अराजक, विध्वसात्मक कार्यको प्रतिरोधमा उत्रिन पार्टी पंक्ति एवं न्यायप्रेमी जनतालाई अपिल गर्दैआज साझ ५:३० बजे मशाल जुलुस निकाल्ने जानकारी दिएका छन् ।

आज मशाल जुलुस निकालेको नेकपाले भोलि दिउँसो ३ बजे न्यायाधीशको पुत्ला दहन गर्ने र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने भएको छ ।

२०७६ सालमा भएको एक घटनामा परेको रिटमा सुनुवाइ गर्दै मंसिर १० गते जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । जिल्ला अदालतको आदेश बमोजिम सोमबार गोरखापत्र दैनिकमा विप्लवसहित माइला लामा, खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पूर्जीको सूचना जारी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot