Logo

रुसले क्रिमिया, अजोभ सागरमा ३५ ड्रोनलाई निष्प्रभावी बनायो



मस्को, १९ मङ्सिर । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ ।

हवाई ड्रोनहरूद्वारा आतङ्कवादी हमला गर्ने कीभ शासनको प्रयास हिजो राति विफल पारियो, रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

मान्त्रालयले २२ युक्रेनी ड्रोनहरू ध्वस्त पारिएको र अन्य १३ वटा ड्रोनलाइ समुद्रमा रोकिएको बताएको छ । रासस



प्रतिक्रिया दिनुहोस्