Logo

जाजरकोट पुग्यो एमालेको संकल्प यात्रा- जनार्दनले गरे न्यानो स्वागत



काठमाडौं,१९ मंसिर । मंसिर १४ गतेदेखि शुरू भएको झुलाघाट– चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राको क्रममा नेकपा एमालेको टोली मंगलबार जाजरकोट पुगेको छ ।

कार्तिक १७ गते गएको विनासकारी जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोटमा एमालेको टोली पुगेको हो । जाजरकोट पुगेको एमालेको टोलीलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले न्यानो स्वागत गरेका छन् । ६ वर्षअघि  एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमार्फत पार्टी एकता गराउने काममा शर्माको मुख्य भूमिका थियो । 

भूकम्प गएदेखिनै पीडितको सेवामा निरन्तर खटिरहेका शर्माले आज भूकम्प प्रभावित क्षेत्रमा पुगेको भन्दै ओलीको प्रशंसासमेत गरेका छन् । जवाफमा ओलीले शर्मालाई धन्यवाद दिँदै उनले गरेको निस्वार्थ सेवालाई अरुले पनि मनन गर्नुपर्ने बताएका थिए ।

भूकम्प प्रभावित क्षेत्रको अवलोकन र पीडितसँग अन्तक्रियाका लागि जाजरकोट पुगेका ओलीले बुधबार बिहान भेरी नगरपालिका १ को रिग्मामा छलफल गर्नुकासाथै पार्टीले भूकम्प पीडितका लागि अस्थायी टहरा बनाउने लगायत सहयोगका लागि खटाएका स्वयंसेवकहरूले गरेको कामको बारेमा जानकारी लिनेछन् । एमालेले मङ्सिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न ११ सय स्वयंसेवक परिचालन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot