काठमाडौं,१९ मंसिर । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो संशोधन गर्ने भएको छ । मंगलबार पार्टी मुख्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको हो ।
समाजवादीले विधान संशोधनका लागि कृषिमन्त्रीसमेत रहेका पार्टी उपाध्यक्ष डा. वेदुराम भुसालको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेका छन् ।
समाजवादीले पार्टीको महाधिवेशन आगामी ०८१ को जेठ ३ गतेदेखि ७ गतेसम्म गर्नेपनि निर्णय गरेको छ । यसअघि माघ १४ देखि १८ गतेसम्म गर्ने निर्णय गरेकोमा उक्त समयमा राष्ट्रिय सभाको निर्वाचन हुने भएको कारण समय अभावका कारण महाधिवेशन सारेको हो ।