Logo

लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु



सुन्दरहरैँचा, १९ मङ्सिर । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ । स्थानीय कला संस्कृति तथा उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले डाँगीहाट युथ क्लबको आयोजनामा सोमबारदेखि सुरु गरिएको सो महोत्सव प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले शुभारम्भ गरेका थिए ।

महोत्सव शुभारम्भका अवसरमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए ।स्थानीय उत्पादनको बजारीकरणका लागि कृषितर्फका १५ खानाको प्रदर्शनीका साथै व्यापार प्रवद्र्धनका लागि १० वटा स्टल महोत्सवमा राखिएको आयोजक समितिका संयोजक ज्ञानुराज राईले बताए ।

सो समितिका सचिव शम्भु बस्नेतले मेलामा ४१ लाख पाँच हजार खर्च हुने अनुमान गरिएको उल्लेख गरे । स्थानीयवासीले उत्पादन गरेका हस्तकलाका उत्पादन प्रदर्शनीका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको सो महोत्सवमा विभिन्न कलाकारहरूले साङ्गीतिक कार्यक्रम समावेश गरिएकोे छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot