Logo

एनसेल प्रकरणबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरू



काठमाडौं,१९ मंसिर । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएको हो ।

एनसेलले हालै आफ्नो शेयर बेचेर बाहिरिने निर्णय गरेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बैठक डाकेका हुन् ।

एनसेलको मूख्य लगानीकर्ता मलेसियाको आजियाटा कम्पनीले आफ्नो नाममा रहेका ८० प्रतिशत शेयर बेचेर नेपालबाट बाहिरिने घोषणा गरेको थियो । एनसेलबाट आजियाटा बाहिरिँदा शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना सम्बन्धमा समाचार प्रकाशित भईरहेका छन् । जसबारेमा प्रधानमन्त्री प्रचण्डले समेत चासो देखाएका छ्न । उनले सत्यतथ्य छानविन गर्ने सोमबार कार्यकक्षमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रतिबद्धता जनाएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मुख्यसचिव डा.बैकुण्ठ अर्याललगायत उपस्थित रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्