Logo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९०औँ शाखा इमाडोलमा सञ्चालनमा



काठमाडौं, १९ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औँ शाखा इमाडोलमा सञ्चालनमा ल्याएको छ । इमाडोलमा आज (मंगलबार) आयोजित एक कार्यक्रमका बिच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन् ।

यससँगै काठमाडौँ उपत्यका भित्र यस बैंकको ३८ वटा शाखाहरू र बागमती प्रदेशमा ५२ वटा शाखाहरू सञ्चालनमा रहेका छन् । नयाँ शाखा सञ्चालनको अवसरमा यस शाखामा खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरूको पहिलो वर्ष नि:शुल्क प्राप्त गर्न सकिनेछ ।

साथै, लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र लकर शुल्कमा ५०५ छुट उपलब्ध रहेको छ । यो सुविधाहरू हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको छ ।



प्रतिक्रिया दिनुहोस्