Logo

वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णयविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा



काठमाडौं,२० मंसिर । वीर अस्पतालको निर्देशकबाट हटाइएका डाक्टर सन्तोष पौडेलले दायर गरको रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासमा पेशी तोकिएको छ ।

मंसिर १७ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पौडेललाई निर्देशकबाट हटाएर स्वास्थ्य मन्त्रालयमा सरुवा गरेका थिए । १५ महिना कार्यकाल बाँकी रहेका पौडेलले १८ गते आफूलाई पूरा समय काम गर्न दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाएका छन् ।

स्वास्थ्य मन्त्री बस्नेतले पौडेललाई हटाएर वीरको निमित्त निर्देशकमा डा. श्रवन थापालाई नियुक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्