Logo

नेपालमा पर्यटकको आगमन १० महिनामा ७१ प्रतिशतले बढ्यो: राष्ट्र बैंक



काठमाडौं,२० मंसिर । नेपालमा विगत १० महिनामा पर्यटकको आगमनमा ७१ प्रतिशतले वृद्धि भएको छ ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोट प्रस्तुत गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो जानकारी गराएका हुन् ।

गभर्नर अधिकारीले दिएको जानकारी अनुसार पर्यटक आगमन सन् २०२३ को १० महिनामा सन् २०२२ को १० महिनाको तुलनामा ७१ प्रतिशतले बढेको छ । वैदेशिक रोजगारीको लागि जाने व्यक्तिहरू अघिल्लो दुई आर्थिक वर्षमा बढेकोमा चालु आर्थिक वर्षको तीन महिनासम्ममा २१ प्रतिशतले घटेको छ ।



प्रतिक्रिया दिनुहोस्