Logo

गण्डकी छिर्‍यो एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली



काठमाडौं,२० मंसिर । ७ दिनदेखि झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्राका लागि अघि बढिरहेको नेकपा एमालेको टोली गण्डकी प्रदेश प्रवेश गरेको छ ।

सुदुरपश्चिमको बैतडीस्थित झुलाघाटबाट अघि बढेको टोली कर्णालीहुँदै गण्डकी प्रदेशको बागलुङ आइपुगेको हो ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई एमालेउपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले गण्डकीका इञ्चार्ज सचिव गोकर्ण बिष्ट र अध्यक्ष नवराज शर्मासहित गण्डकीका नेताहरुले रुकुम र बागलुङको सीमा क्षेत्र पतिहाल्नेमा स्वागत गरेका थिए । उक्त टोली आज बागलुङमै रहेन छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot