Logo

एनसेल प्रकरणमा प्राधिकरणका अध्यक्षले भने: खरिद-बिक्री अस्वाभाविक देखियो, छानबिन हुन्छ



काठमाडौं,२० मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोतम खनालले एनसेलको खरिद(बिक्री अस्वभाविक रहेको बताएका छन्।

बुधबार बसेको अर्थसमितिको बैठकमा बोल्ने क्रममा उनले सन् २०२९ सम्म नाफा लैजाने गरि सेयर कारोबार देखिएको पनि दाबी गरे। उनले यो प्रकरणमा सत्यतथ्य छानबिन गरेर कानूनअनुसार कायबाहीको प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत जनाएका छन् ।

“हामीले जब वेबसाइटमा खरिदबिक्रीको कुरा देख्यौँ अनि पत्र लेख्यौँ,” उनले भने, “हामीलाई जानकारी गराउनुपर्ने हो तर गराइएन ।  हामीलाई जवाफ आएको छ । सरकारले पनि छानबिन गर्ने भनेको छ । छानबिनको निर्णय आएपछि सोहीअनुसार अघि बढ्छौँ ।”

एनसेलको ८० प्रतिशत सेयर भएको आजियाटा ग्रुपले आफ्नो सम्पूर्ण सेयर गत शुक्रबार बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको घोषणा गरेको थियो।

स्पेक्ट्रलाइट कम्पनीलाई ८० प्रतिशत सेयर बिक्री गर्दा न्यूनतम मूल्य राखेर अर्बौं रकमको कर छली गरेको आशंका भईरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पूर्व अनुमति नलिएको भन्दै एनसेलसँग जवाफ माग गरेको थियो। प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस विषय अध्ययमा रहेको बताएका छन्।

‘प्राधिकरण यस कम्पनीको कागजात संकलनको क्रममा रहेको छ, यसका लागि हामीले पत्राचार गरेको छौँ,’ बुधबार अर्थसमितिको बैठकमा खनालले भने। उनले कागजात संकलनको काम सकेपछि सबैकाम अगाडि बढ्नै जानकारी समितिसमक्ष दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्