काठमाडौं,२० मंसिर । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठक जारी छ ।
सिंहदरबारस्थित समितिको सभा हलमा बैठक ११ बजेदेखि बसिरहेको हो । सन्तोष चालिसेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न विषयबस्तुमा छलफल भईरहेको छ ।
समितिले आज नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको हो ।
खनालसँग एनसेलको शेयर बिक्री गरेर बाहिरिने आजियाटा कम्पनीको निर्णय र त्यसले उत्पन्न गरेको परिस्थितिको बारेमा छलफल भएको हो भने गभर्नर अधिकारले समितिमा देशको वर्तमान आर्थिक अवस्था र वित्तीय स्थितिको बारेमा जानकारी गराएका छन् ।
तस्विरहरु मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम