Logo

लघुवित्त र सहकारीको सम्पूर्ण ऋण मिनाहा गर्न माग गर्दै आजपाको प्रदर्शन, माग पूरा नभए मधेश बन्द गर्ने चेतावनी



काठमाडौं,२० मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले लघुवित्त र सहकारीमा जनताले तिर्नबाँकी सम्पूर्ण ऋण मिनाहा गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

आम जनतालाई सहज कर्जाको उपलब्ध गराउन बैकिंग लुटको विरुद्ध जनकपुरमा विशाल प्रदर्शन गर्रेको आजपाले जनाएको छ ।

प्रदर्शनकाक्रममा उनीहरुले बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्न, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्न तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन माग गरेका छन् ।

आफूहरुले उठाएका माग पूरा नभए मधेश बन्द गर्ने घोषणासमेत गरेका छन । आजपाका महासचिव उपेन्द्र साहको नेतृत्व तथा मधेश प्रदेश कमिटीको आयोजना निकालिएको उक्त र्याली जनकपुरको बारबिग्घाबाट शुरू भई जिल्ला प्रशासन कार्यालयसम्म जनकपुरधामसम्म पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस्