Logo

एनसेल प्रकरणबारे छलफल गर्न बोलाइएको लेखा समिति बैठक जारी (तस्विरहरु)



काठमाडौं,२० मंसिर । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित समितिको सभा हलमा सुरु भएको हो ।

ऋषिकेश पोखरेलको अध्यक्षतामा बसिरहेको बैठकमा एनसेलबाट आजियाटाले सेयर बेचेर बाहिरिने निर्णय गरेपछिको घटनाक्रमबारे छलफल हुने बताईएको छ ।

मलेसियन कम्पनी आजियाटाले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर बेचेर बाहिरिने घोषणा गरेको थियो । उक्त सेयर खरिद बिक्रीमा अर्बौंको राजस्व छली भएको आशंका उत्पन्न भएको छ । लेखा समितिको बैठक विशेषत एनसेल प्रकरणमै केन्द्रीत हुेनछ ।

तस्विरहरु मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot