Logo

एनसेल प्रकरणले तात्यो राजनीति, छलफल गर्न गठबन्धनका नेताहरू बालुवाटारमा भेला



काठमाडौं,२० मंसिर । मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्ने घोषणा गरेपछि एकाएक माहोल परिवर्तन भएको छ ।

एनसेलको शेयर खरिदविक्रीमा भएको भनिएको अर्बौंको चलखेलका विषयमा छलफल गर्न आज पनि सत्तारुढ दलका नेताहरू बालुवाटारमा भेला भएका छन् ।

एनसेलले आफ्नो शेयर विक्री गर्दा चलखेल गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । एनसेलको शेयरबारे सार्वजनिक लेखा समिति र अर्थ समितिले आज छलफल गरिरहको छन् ।

सरकारले एनसेलको शेयर खरिद बिक्रीलाई लिएर सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने निर्णय गरेको थियो ।

मंगलबार साँझ बसेको गठबन्धन बैठकले यस्तो निश्कर्ष निकालेको हो । एनसेल खरिदबिक्री प्रकरणमा बाहिर धेरै आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनको बैठक बोलाएका थिए । सो बैठकमा अर्थमन्त्री डा। प्रकाशरण महत, सञ्चारमन्त्री रेखा शर्मापनि सहभागी थिए ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत अस्वभाविक प्रावधान र मूल्यमा भएको देखिने उक्त कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot