Logo

एनसेल खरिद–बिक्री प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न राजेन्द्र लिङ्देनको माग



काठमाडौं,२० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा उनले योजनाबद्ध ढंगले ६ वर्षपछि पनि आफ्नै हातमा राख्न आजियाटाले यस्तो काम गरेको आरोप लगाउँदै छानविनका लागि आयोग बनाउन माग गरेका हुन् ।

“छानबिन आयोग गठन गर्नुपर्छ । सरकार कि हाम्रो समितिले बनाउने वा अख्तियारले हेर्नुपर्छ,” पूर्व उपप्रधान तथा उर्जामन्त्रीसमेत रहेका लिङदेनले भने ।

उनले एनसेलको प्रयोगकर्ता बढ्दा घाटा कसरी भयो भन्ने प्रश्न पनि गरे । “एनसेल किनबेच व्यापार हो, पाँच वर्षदेखि कारोबार घट्ने आम्दानी तल गएको देखाएछ तर, उ भित्रभित्रै कमाइ रहेको छ, प्रयोगकर्ता बढेका छन् । कसरी हुन्छ ?,” लिङ्देनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot