Logo

सरकारलाई अमरेशको प्रश्न- ११ अर्ब मुनाफा गर्ने एनसेल कम्पनी ६ अर्बमा कसरी बेचियो ?



काठमाडौं,२० मंसिर । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा देशका ठूला नेताहरुको हात रहेको आरोप लगाएका छन् । उनले एनसेल खरिद–बिक्री प्रकरणको सत्यतथ्य छानविन गर्नसमेत माग गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा उनले त्यस्तो दाबी गरेका हुन् । “यो डिल राष्ट्रका ठूला नेता र उच्च पदस्थबाट भएको छ । यो डिल सफल भएमा माफिया राज्य घोषणा गर्दा फरक पर्दैन,” सिंहले भने ।

उनले ११ अर्ब मुनाफा गर्ने कम्पनी ६ अर्बमा कसरी बेचियो भन्दै प्रश्न गरे । “मुनाफा ११ अर्ब गर्ने कम्पनी ६ अर्बमा बेचियो ? ४० अर्ब लोन छ कसरी ६ अर्बमा बेचियो ?,” उनले भने ।

मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्ने घोषणा गरेको छ । त्यस घोषणाले अहिले समग्र राजनीतिक वृतमा हलचल मच्चिरहेको छ । एनसेलको शेयर खरिदविक्रीमा अर्बौंको चलखेल भएको आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्