Logo

अर्जुननरसिंह केसीको प्रस्ताव: टाट पल्टेको एनसेललाई किनौँ,आफैँ चलाऔँ



काठमाडौं,२० मंसिर । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले एनसेलले बिक्री गरेको सेयर नेपाल सरकार आफैले किन्नुपर्ने प्रस्ताव राखेका छन् ।

बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य पूर्व मन्त्रीसमेत रहेका केसीले टाट पल्टेको एनसेललाई सरकारले नै किनरे चलाउनुपर्ने बताएका हुन् ।

“साढे ६ अर्ब हो भने राष्ट्रले एनसेल किनेर पब्लिकबाट चलाऔँ । अर्को टेलिकम बनाएर चलाऔँ,” केसीले भने ।

मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्ने घोषणा गरेको छ । त्यस घोषणाले अहिले समग्र राजनीतिक वृतमा हलचल मच्चिरहेको छ । एनसेलको शेयर खरिदविक्रीमा अर्बौंको चलखेल भएको आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot