Logo

ब्लड क्यान्सबाट पीडित १४ वर्षिय बालकद्धारा सहयोगको अपिल



काठमाडौं,२० मंसिर । ब्लड क्यान्सरबाट पीडित भएका गोरखा जिल्ला भिमसेनथापा गाँउपालिका वडा नं -३ का १४ बर्षिय दिवस खनालको उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएका दिवसको परिवारले सहयोगको याचना गरेका हुन् ।

परिवारिक स्रोतका अनुसार खनालको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ ।

‘अहिलेसम्म उपचारमा ४ लाख रुपैयाँ खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध छ’, विरामीका बुवा बिष्णु खनाल भने, ‘थप १२-१५ लाख खर्च हुने भनिएको छ, त्यसैले सहयोगका लागि सबैसँग आग्रह गरेका हौं ।’

उपचार खर्चमा सहयोग गर्न इच्छुकले बिरामीका बुबा बिण्णु प्रसाद खनालको माेबाइल नं 9825186259 सम्पर्क गर्न वा रास्ट्रिय बाणिज्य बैंक खाता नम्बर 3210100006076010 मा आर्थिक रकम सहयोग गरिदिन हुन उनका आफ्न्तले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्