
काठमाडौं,२० मंसिर । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा सम्पन्न प्रथम केपी ओली टी-२० क्रिकेटको उपाधि विजेता मधेश प्रदेशलाई मुख्यमन्त्री सरोजकुमार यादवले सम्माजन गरेका छन् ।
बुधबार मुख्यमन्त्री यादवले मधेश प्रदेशको टिमका खेलाडी र पदाधिकारलाई सम्मान गरेका हुन् । मुख्यमन्त्री यादवले विजयी टिमलाई प्रोत्साहनस्वरूप पाँच लाख प्रदान गरिने घोषणा गरेका छन् ।
८ मंसिरमा सुरु भएर १५ गते सम्पन्न प्रतियोगीतामा मधेशले विभागीय टिम नेपाल आर्मीलाई ११ रनले हराउँदै शनसनीपूर्ण जित निकालेर उपाधि जितेको थियो ।