Logo

खानेपानी महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतम नियुक्त



काठमाडौं, २१ मंसिर । खानेपानी महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतम नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्‌को बिहीवार बसेको बैठकले गौतमलाई चार वर्षका लागि आयोगको अध्यक्षमा नियुक्त गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । ​

देशभरको खानेपानी र सरसफाइको महसुल निर्धारणको जिम्मा पाएको आयोगको दुई सदस्यमा यशोदा कार्की र कुलभूषण शर्मा नियुक्त भएका छन् ।

आयोगको अध्यक्षमा नियुक्त भएका गौतमले ३० वर्ष ललितपुर महानगरपालिकामा खानेपानी र सरसफाइको क्षेत्रमा काम गरेका थिए ।

हाल काठमाडौं उपत्यका मेयर्र फोरमको प्रमुख कार्यकारी अधिकृत (सीइओ) रहेका गौतमले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा प्रबन्ध निर्देशनको रुपमा काम गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot