Logo

भुटानी शरणार्थी प्रकरण: नरेन्द्र केसीसहित ६ जना रिहा



काठमाडौँ,२१ मंसिर। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् ।

उच्च अदालत पाटनले शुक्रबार तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएकाएक जना गरेर ६ जना आज रिहा भएका हुन् । धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् भने साधारण तारेखमा आशिष बुढाथोकी रिहा भएका छन् ।

शुक्रबार उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो । धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने धरौटी बुझाउन नसकेपछि थुनामा नै रहका छन् ।

उनलाई अदालतले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो । धरौटी रकम बुझाएका ५ जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अभियुक्तहरूसँग धरौटी लिएर छाड्ने निर्णय गरेको हो ।

यस प्रकरणमा पक्राउ परेका १० जना अझै थुनामा नै रहेका छन् । पूर्व उपप्रधानमन्त्री टोपबहादु रायमाझी, पूर्व सांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डेसहित १० जनालाई जिल्ला अदालत काठमाडौंकै फैसलाअनुसार थुनामै रहने आदेशलाई निरन्तरता दिइएको थियो ।

अर्का पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका हहमा भने दुई न्यायाधीशबीच राय बाँझिएपछि तेस्रो न्यायाधीशको एकल इजलासमा पेश गर्न भनिएको छ । अब उनको मुद्दामा २८ मंसिरका लागि पेशी तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot