Logo

२५ तस्विरमा हेर्नुहोस् निर्माणको अन्तिम चरणमा पुगेको संघीय संसद भवनको दृश्य



काठमाडौं,२१ मंसिर । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको काम अन्तिम चरणमा पुगेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज २६ गते शिलान्यास गरेर सुभारम्भ भएको संघीय संसद भवनको काम २०८० सा बैशाख १४ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

भवन शिलान्यास भएको केहि महिनापछि विश्वभर फैलिएको कोभिड महामारीको चपेटाले निर्माणमा पनि असर गरेको थियो । ६ अर्ब ९२ करोड हाराहारीको लागतमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको उक्त भवनको निर्माण ठेक्का टुण्डि शेक जेभीले पाएको छ ।

सिंहदरबारस्थित पुतलीबगैंचा वरपरको १५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटा अत्याधुनिक संसद भवन निर्माण भइरहेको छ ।

हाल संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरस्थित विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भाडाको घरबाट सञ्चालन भईरहेको छ । नेपालको आफ्नै संसद भवनबाट प्रतिनिधि सभा सञ्चालन गर्ने लक्ष्यका साथ सुरु भएको संसद भवन निर्माणको कार्य छिटो सम्पन्न गर्न सरोकारवालाहरुले जोड दिँदै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर, पूर्व सभामुख अग्नि सापकोटा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विभिन्न नेताहरुले समयमा नै संसद भवनको काम सक्न जोड दिँदै आएका छन् । निर्माण पक्षका अनुसार हाल संसद भवनको प्रगती ८० प्रतिशत भन्दा धेरै रहेको छ ।

यसबीचमा प्रधानमन्त्री प्रचण्डसहित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहितको टोलीले पटक पटक निर्माणाधीन भवनको निरिक्षण गर्दै समयमै काम सम्पन्न गर्न निर्देशन दिने गरेका छन् । सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्ड दुबैले आफ्नै कार्यकालमा यसै भवनबाट बैठक सञ्चालन गर्न मिल्ने वातावरण बनाउन लागिपरे पनि झण्डै एकवर्ष भन्दा छिटो संसद भवन निर्माण पूरा नहुने देखिएको छ ।

रिपोर्टर्स नेपालकर्मी मुकुन्द कालिकोटेले खिचेका तस्विरमा हेर्नुहोस् हालको निर्माणाधीन संसद भवनको अवस्था



प्रतिक्रिया दिनुहोस्