Logo

धनगढी जाँदै प्रधानमन्त्री



काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुदूरपश्चिम महोत्सवको उद्‍घाटन गर्न धनगढी जाँदै छन् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका १ पशुपतिटोलमा आजदेखि आगामी पुष २ गतेसम्म चल्ने महोत्सवको उद्‍घाटन गर्न प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष धनगढीमा महोत्सवको आयोजना गर्दै आएको छ । यो १७ औँ संस्करणको
महोत्सवको आज दिउँसो साढे १२ बजे औपचारिक उद्‍घाटन गर्ने कार्यक्रम रहेको छ । औपचारिक उद्‍घाटन
कार्यक्रम सकेर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot