काठमाडौं,२२ मंसिर । आजबाट यूएईमा सुरु भएको एसीसी यू-१९ एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध सुरुवातमा ब्याटिङ गरिरहेको छ ।
यूएई क्रिकेट मैदानमा टस जितेर पाकिस्तानले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्ता पाएको थियो । पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालले खेलको २। २ ओभरमा तिलकराज भण्डारीलाई पहिलो विकेटको रुपमा गुमाएको हो । उनी एक चौकासहित ७ रनमा आउट भएका छन् ।
ताजा अवस्थामा खेलको तेस्रो ओभर चलिरहँदा १ विकेट गुमाएको नेपालले १० रन जोडेको छ ।
नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् । नेपालको प्लेइङ—११ मा देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलक भण्डारी, आकाश त्रिपाठी, विपिन रावल ९विकेटकिपर०, दीपेश कँडेल, विशालविक्रम केसी, आकाश चन्द, सुवाष भण्डारी, गुल्सन झा र उत्तम रंगु थापामगर रहेका छन् ।