Logo

नागढुंगाबाट २ केजी सुनसहित तीन जना पक्राउ



काठमाडौं,२२ मंसिर । काठमाडौंको नागढुंगाबाट २ केजी सुन बरामद भएको छ ।

रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीबाट २ किलो सुनसहित ३ जनालाई शुक्रवार पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । यसबारे थप विषय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो । फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११ः४० बजे काठमाडौँ उत्रेका गोरखाका मीनबहादुर घलेलाई विमानस्थल भन्सारले सुसहित पक्राउ गरेको हो ।

विमानस्थल भन्सार प्रमुख डा। टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई दिनअघि पनि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन बरामद गरेको थियो । file photo



प्रतिक्रिया दिनुहोस्