Logo

नेपालको छैटौं विकेट पतन, ३१ रन बनाएर आउट भए दीपेश कडेँल



काठमाडौं,२२ मंसिर । यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा अहिले नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ।

युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ।

नेपालका दिपेश कडेँल ३१ रन बनाएर आउट भए। उनले छैटौं विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे। कडेँलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि खराब ब्याटिङ गरेको नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भए। उनले ३७ बलमा ३ चौका प्रहार गरे। लगत्तै अर्को ओभरमा गुल्सन झा १ रनमै आउट हुँदा नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुवाती ५ विकेट गुमायो। गुल्सनलाई पाकिस्तान अली अस्फानले १७ ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए।

त्यसअघि कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए। आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परे भने तिलक भण्डारी ७ रनमा क्याच भएका थिए ।

ताजा अवस्थामा नेपालले ३७ ओभरमा ६ विकेट गुमाएर ११८ रन जोडेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot