काठमाडौं,२२ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसभित्र देखिएका असन्तुष्टि सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार रीता शाहीको गजल संग्रह ‘चिनारी’ विमोचन गर्दै नेता लेखकले कांग्रेसभित्र असन्तुष्टि रहेको भन्दै यसमा पार्टी गम्भीर हुनुपर्नेमा उनको जोड छ । “ब्यक्त भएका असन्तुष्टि सम्बोधन गर्न जरुरी छ ।”उनले भने
सांसदसमेत रहेका लेखकले संविधान असफल गर्ने छुट कसैलाई पनि नभएको बताए । उनले संसदमा अहिलेको शासकीय व्यवस्था मान्ने सबै दलहरूले गम्भीर भएर अघि बढन आवश्यक रहेको बताए ।
“हाम्रो शासकीय व्यवस्थामा एउटा पार्टीको बहुमत आउँदैन । हामी गठबन्धनको अभ्यासमा छौँ, त्यसैले मिलेर विद्यमान समस्याको समाधान गर्नुको विकल्प छैन,” नेता लेखकले भने ।