Logo

एमाले नेताहरु चर्खेपिङमा फन्को लगाउँदै



काठमाडौं, २२ मंसिर । नेकपा (एमाले) का नेताहरु यतिवेला ‘झुलाघाट–चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा–२०८०’ अभियानमा छन् । आज एमालेको यो यात्राको नवौं दिन हो । एमाले नेतृत्व र पार्टी पँक्ति यतिवेला लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा पुगेका छन् ।

सो नगरपालिकाका वडा नम्बर ३ र ४ का स्थानीय नेता तथा कार्यकर्ताहरु र स्थानीय जनसमुदायको न्यानो आतिथ्य पाएको उपाध्यक्ष विष्णु प्रसाद पौडेलले जनाएका न् । उनले स्थानीय उत्पादनमा आधारित स्वरूची भोजनपछि नेपाली मौलिकतामा आधारित चर्खेपिङमा केही फन्को मारिएको पनि जनाएका छन् । उनले करीव ४५ वर्षपछि हराउँदै गएको चर्खेपिङ खेल्न पाउँदा आनन्दको अनुभूति भएको पनि अनुभव साटेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot