Logo

यी हुन् मन्त्रिपरिषद्का महत्वपूर्ण १८ निर्णयहरु (निर्णयसहित)



काठमाडौं,२२ मंसिर । सरकारले विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित सय मिलियन अमेरिकी डलर (करिब १३ अर्ब नेपाली रुपैयाँ) ऋणसम्बन्धी सम्झौताको दस्ताबेजलाई अन्तिम रुपम दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता, सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । मन्त्री शर्माका अनुसार बिहीबार बसेको बैठकले खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगको अध्यक्ष पदमा रुद्रप्रसाद गौतम तथा सदस्यहरूमा यसोदा कार्की र कुलभूषण शेखर शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले सरकारले राष्ट्रपति कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद्का १८ निर्णयहरु



प्रतिक्रिया दिनुहोस्

Screenshot