Logo

अधिवक्ता लाइसेन्स परीक्षाको बाटो खुल्यो, सर्वोच्चद्धारा अल्पकालीन अन्तरिम आदेश खारेज



काठमाडौं,२२ मंसिर । नेपाल बार काउन्सिलले लिने अधिवक्ताको लाइसेन्स परीक्षाको बाटो खुलेको छ ।

बिहीबार सर्वोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै परीक्षाको बाटो खुलेको हो । शुक्रबार सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुङ्गाना र विनोश शर्माको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

असधवक्ताको परीक्षा यसअघि बार काउन्सिलले आज र भोलिका लागि निर्धारण गरेको थियो । तर, अन्तिम समयमा आएर नेपाल खुल्ला विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गरेकाहरूले समेत अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै मनीषा गौतमले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।

सो रिटमाथि सुनुवाइ गर्दै मंसिर १९ गते न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै बार काउन्सिलले लिने परीक्षा स्थगित गर्न आदेश दिएको थियो । सो आदेशपछि मंसिर २० गेत अर्काे व्यवस्था नभएसम्मका लागि परीक्षा स्थगीत भइको थियो ।

अल्पकालीन आदेश खारेज भएसँगै अब काउन्सिलको बैठक बसेर परीक्षाका लागि नयाँ मिति तोक्न सक्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot